ठाकुरबाबा मेयरमा एमाले, उप मेयरमा माओवादी

असार १९ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेकपा एमालेका घननारायण श्रेष्ठ ११९ मत अन्तरले विजयी भएका छन ।

श्रेस्ठले ७०७४ मत र  निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका नेत्रराज आचार्यले ६९५५ मत प्राप्त गरे । यस्तै उपमेयरमा भने माओवादी केन्द्रकी कृष्णा कुष्मा थारु (आस्था) ७०८६ मत ल्याएर विजयी भएकी छिन ।  निकटतम प्रतिद्वन्दी एमालेकी बिना भट्टराईले ६९७५ मत ल्याईन ।

कमेन्ट गर्नुहोस्