रोहिणी गाउँपालिकामा फोरम बिजयी

रुपन्देही, असार १९ – रुपन्देहीको रोहिणी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । अध्यक्षमा फोरमका सनोज कुमार यादव ३ हजार ७ सय ६० मतका साथ विजयी हुनुभयो ।

राप्रपाका ताहिर अलिले ३ हजार ५ सय ४२ मत ल्याउनुभयो । उपाध्यक्षमा भने राप्रपाका श्रीकान्ती चमार विजयी हुनुभएको छ । उहाँले ३ हजार ४ सय ९६ मत प्राप्त गर्नुभयो । संघीय समाजवादी फोरमका रिमा मिश्राले ३ हजार ४ सय ५० मत ल्याउनुभयो । ४६ मतले राप्रपाका चमार विजयी हुनुभएको हो ।

कमेन्ट गर्नुहोस्