अहिले बिहानसम्मको मत परिणाम के छ त ?

असार १९ । पछिल्लो अपडेट अनुसार दोश्रो चरण निर्वाचनको   कुल ३३४ स्थानीय तहमध्ये २३२ को मतपरिणाम सार्वजनिक भएको छ।

हालसम्म एमालेले २३ नगरपालिका र ७९ गाउँपालिका गरी १०२ स्थानीय तहमा जित हासिल गरेको छ। ४३ स्थानमा एमाले अगाड़ि छ ।

नेपाली कांग्रेसले हालसम्म ३० नगरपालिका र ६० गाउँपालिका गरी ९० स्थानमा जित्न सफल भएको छ। उसले ४१ स्थानमा अग्रता लिइरहेको छ।

नेकपा माओवादी केन्द्रले हालसम्म ५ नगरपालिका र २६ गाउँपालिकासहित ३१ स्थानमा जित हासिल गरेको छ। उसले ९ स्थानमा अग्रता लिइरहेको छ।

संघीय समाजवादी फोरमले ५ गाउँपालिकामा जितेको छ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले प्यूठानको झिमरूक र मल्लरानी गाउँपालिकामा जित हासिल गरेको छ।

दुई स्थानमा फोरम लोकतान्त्रिक विजयी भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक स्थानमा बिजयी भएको छ ।

कमेन्ट गर्नुहोस्