१० मन्त्रालयमा माओवादी दाबी

काठमाडौं, असार १९ ।  सत्तारूढ दल माओवादी केन्द्रले दश वटा मन्त्रालयमा अाफ्नो दाबी गरेको छ ।

माओवादी केन्द्रले गृह, परराष्ट्र र सहरी विकास मन्त्रालय पाइसकेको छ । उसले थप सात मन्त्रालय दाबी गरेको छ । त्यसमध्ये सामान्य प्रशासन मन्त्रालय, आपूर्ति व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालय पनि माओवादीलाई दिन कांग्रेस सहमत भइसकेको छ ।

तर, भौतिक योजना तथा यातायात मन्त्रालय र वन तथा भू–संरक्षण मन्त्रालय पाउनुपर्ने माओवादी दाबीमा कांग्रेस सहमत भइसकेको छैन । माओवादी प्रवक्ता पम्फा भुसालले राप्रपा, संघीय समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने स्थितिमा भने पार्टीको दाबी घट्न सक्ने बताइन्, नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्