रामारोशन गाँउपालिकामा माओवादी बिजयी

अछाम, १९ असार । अछामको चर्चित गाँउपालिका रामारोशन गाँउपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।

स्थानिय तह निर्वाचनको अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रवाट प्रमुखमा झंकर साउद (भास्कर) र उपप्रमुखमा सरस्वती रावल बिजयी भएका हुन ।
प्रमुखमा भास्करले ३ हजार ४ सय २ मत ल्याय भने उपप्रमुखमा रावलले ३ हजार २ सय ९० मत प्राप्त गरिन । निकटतम प्रतिद्धन्द्धी एमालेका प्रमुखका उम्मेद्धार चक्र रावलले २ हजार ७ सय ३४ र उपप्रमुखका उम्मेद्धार बिन्द्रा साउदले २ हजार ७ सय ६१ मत प्राप्त गरेका छन ।

यस्तै उक्त गाँउपालिकामा नेपाली काँग्रेसका प्रमुखका उम्मेद्धार अनुराधा स्वार रावलले २ हजार ५ सय ४७ मत ल्याईन भने उपप्रमुखका उम्मेद्धार चन्द्र बिकले २ हजार ६ सय ३५ मत प्राप्त गरे । गाँउपालिकाको वडानम्वर १, ५ र ६ मा माओवादी केन्द्रका उम्मेद्धार प्यानल सहित बिजयी भएका छन भने वडानम्वर ४ र ७ मा नेपाली काँग्रेस तथा वडानम्वर २ र ३ मा एमाले बिजयी भएको पत्रकार पहल साउदले जाँनकारी दिए ।

नेकपा माओवादी केन्द्रको आधार ईलाकाको रुपमा चिनिने रामारोशन गाँउपालिकालाई अछाममा बिशेष चासोका रुपमा समेत हेरिएको थियो । सुन्दर पर्यटकिय क्षेत्र रामारोशन पनि यसै गाँउपालिकामा पर्ने भएकाले अछाममा रामारोशन गाँएपालिकालाई सम्भावनाको खानीका रुपमा पनि लिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्