पुर्व छापामार महिला उपमेयर, छाउपडीमुक्त बस्ती बनाउने घोषणा

जनमिलिसिया देखि छापामार ,ब्यापारी हुदै उपमेयर सम्म

रत्न कार्की

कालिकोट, असार १९  ।  आफ्नो जिवनको ३१ वर्षको उमेरमा कालिकोट जिल्ला राष्कोट नगर पालिका १ का पुर्व माओबादी लडाकु छापामार महीला मिम्सरा बंम ( उसा ) कालिकोटको मुट्टु भनेर चिनिने राष्कोट नगरको उपमेयर बने पछि उनले नगरलाइ छाउपडि प्रथा मुक्त बस्ति घोषणा गर्ने बताएकी छन ।

उनले बिजय गरे पछि पार्टीको अभिनन्दन थाप्न सदरमुकाम पुगेकी उसाले आफु महीला भएको नाताले कर्णालीमा रहेको कुप्रथाका रुपमा रहेको छाउ पडि पर्थाको अन्त गर्ने बताएकी छन । छाउपडि प्रथाकै कारण कर्णालीका महीला छाउगोठमै बलात्कृत हुने, अस्वस्थ हुने र छाउगोठमै निसासिएर मर्नेसम्मका घटना हुने गरेकाले यो प्रथाको अन्तका लागी आफुले सामाजिक अभियान थाल्ने उप मेयर उसाले बताईन ।

हेर्दा सरल स्वभाबकी सहज देखिने उसा तत्कालिन माओबादीले थालेको शसस्त्र जनयुद्धताका माओबादी सेनामा काम गरेकी थिईन । उनलाई कल्पना थिएन आफु युद्धबाट बाचेर घर फर्कीउला त्यस पछि चुनाव होला अनि आफु नगरको उपमेयर हुन्छु भन्ने तर समय र परिस्थितीले उनलाई कालिकोट जिल्लाकै राजनितिक महोत्वको राष्कोट नगरमा उपमेयरमा बिजयी गरायो । महीला हिंसा, छाउपडि पर्था, घरेलु हिंसा जस्ता कुराको ठाडो बिरोध गर्ने उसा राष्कोट नगरको उपमेयरमा बिजयी भएसंगै उनले सफथ ग्रहण गर्दा पनि राष्कोट नगरमा अब महीला हिंसा, छाउपडि पर्था र सम्पतिमा सम्मान अधिकार कायम गर्ने निति लिने बताएकी छन ।

औपचारिक शिक्षाका हिसावले सामान्य साक्षर मात्रै रहेकी उसा माओबादी आन्दोलनमा नै लेखपढको आफ्नो क्षमता बृद्धि गरेको सुनाउछीन माओबादीयुद्धमा लागेर २०५८ सालदेखिनै छापामारमा काम गरेकी उसाले पहीलो चोटि २०५८ शालको मंसिर ८ गते दाडको घोराही ब्यारेकमा शैनिक ब्यारेकमा बाहीरी घेरामा लडेकी थिईन त्यस पछि उनि माओबादीले गरेका देसभरका ठुला शैनिक कार्वाहीमा सहभागि रहेकी थिइन त्यस बेला मलाई जिवनको कुनै प्रभावा थिएन मृत्यु जितेर जन प्रतिनिधि हुन्छ भनेर । मृत्यु र मुतिmको कसम खाएको थिए कता उपमयेरको कल्पना गर्नु उसाले भनिन । कालिकोटको राष्कोट नगरको सिफ्खाना लहरेलामा जन्न्मेका उसा २०४२ सालमा बुवा नर बहादुर बंम र आमा पुल्तिसरा बंमको कोखबाट पहीलो सन्तानका रुमपा जन्मेका थिए ।

२०५८को बैसाखमा गठन गरेको महीला छापामारको सदस्य भएरत्यसपछिका निरन्तरका युद्ध मोर्चामा उनि पहीलो घेरामा लडाइको मैदानमा स्थान कायम गरिन उनि माओबादी सेना ब्यारेकमा रहदा उनि कम्पनि कमाण्डर थिईन । जनमिलिसिया बाट पार्टीको नियमित कामगर्न सुरु गरेकी उसाले दोस्रो पटक २०५८ फागुन ४ गते अछाम जिल्लाको मंगलसैनमा नेपाली सेनासंग पहीलो घेरामा लडेकी थिईन त्यस पछिका निरन्तका युद्ध मोर्चाका कहाली लाग्दा आफ्ना दिनहरुको सम्झ्ना गर्छन उसा । राष्कोट नगरका उपमेयर उसा त्यही संघर्षको उपहार ठान्छन आफ्नो जितलाई ।

सामान्य परिवारमा जन्मेका उसाले आफ्नो छुट्टै चुनावी घोषणा पत्र पनि तयारी नगेरै चुनावमा होमीएकी थिइन । उनले राष्कोट नगरमा आयोजित नव निर्वाचित जन प्रतिनिधिको सफथ ग्रहण कार्यक्रममा राष्कोट नगरका महीलाहरको जिवन ब्यहारमा परिवर्तन ल्याउन बिभिन्न काम गर्ने बताएकी छन । उनले माओबादी ले जनमुतिm सेना समायोजन गरे पछि उनि समायोजनमा घर फर्केकी हुन । उनले समायोजनमा सरकारले दिएको पैसाले कालिकोटकै जिते हाटबजारमा स्टेस्नरी पसल संन्चालन गरिन र आफ्नै छिमेकी गाउँको एकजना शाही जातको केटासंगबिहे पनि गरिन अहीले उनको साथमा एक छोरा छ ।

यही बैसाख ३१गते सम्पन्न स्थानिय तह निर्वाचनमा उनले माओबादी केन्द्रको तर्फबाट राष्कोट नगरको उपमेयरमा निर्वाचित भए पछि उनको जिवन पुन राजनिति मा प्रबेस गरेको छ । उनले अहीले आफु बिजय भएको राष्कोट नगरपालिकाको कार्यलयमा सफथ ग्रहण गरि पदभारग्रण समेत गरि नियमित जनताको काम कार्वाहीमा रहेको बताएकी छन ।

कमेन्ट गर्नुहोस्