पश्चिम नेपालमै बर्दियाबाट पहिलो थारु नगर प्रमुख (दुर्गा बहादुर थारु)

भावुक योगी,

बर्दिया, असार १९ । पश्चिम नेपालको दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्ने थारु समुदाय मध्ये बर्दियाको बारबर्दिया नगरपालिकामा थारु समुदायबाट दुर्गा बहादुर थारु (कबिर) नगर प्रमुखमा बिजयी  भएका  छन् ।
स्थानिय तह निर्वाचनमा पश्चिम नेपालबाट नगरपालिका प्रमुखमा थारु समुदायबाट बिजयी हुने दुर्गा बहादुर थारु पहिलो हुन् । उनी नेकपा माओबादी केन्द्रका उम्मेदवार हुन् ।
स्थानिय तह निर्वाचनमा  पश्चिम नेपालबाट नगरपालिका प्रमुखमा विजयी हुने उनी नै पहिलो हुन्, यसअघि झण्डै २० वर्ष अघि भएको निर्वाचनमा पनि गाविस अध्यक्ष र वडाध्यक्षमा थारु समुदायबाट बिजयी भएपनि नगर प्रमुखमा भने सायदै कोही थारु थिएन, बर्दिया बाँसगढीका थारु अगुवा एवं गुर्वावा एफका संचालक यकराज चौधरीले भने । दाङ्ग देखि पुर्व तिर कोही थारु नगर प्रमुख थिए वा थिएनन् थाहा भएन, तर यता चाहीँ उहाँ पहिलो हो यकराजले भने ।
२० वर्ष अघिको चुनावमा त्यत्ति धेरै नगरपालिका नै थिएनन्, त्यो बेला कोही थारु नगर प्रमुख भएका थिएनन र यसपालीको चुनावमा थारु समुदायबाट नगर प्रमुखमा विजयी भएको भरसक नेपालमै नत्र पश्चिम नेपालमा त पक्का हो, बर्दियाको बारबर्दिया नगरपालिकाबाट बिजयी भएका दुर्गा बहादुर थारु पहिलो नै हो, हुन त अरु पनि थारु उम्मेदवार उठेका छन, तर उनी विजयी भएको पहिलो थारु नगर प्रमुख हो बाँकेका पत्रकार विश्वराज पछलडंग्याले भने ।
दाङ्ग देखि कञ्चनपुर सम्म यसपालिकाको चुनावमा केही थारु समुदायकाले नगरप्रमुखमा उम्मेदवारी पाएपनि बर्दियाको बारबर्दिया नगरपालिकामा माओवादीका उम्मेदवार दुर्गा बहादुर थारु विजयी हुनु भएका हुन् ।

थारु समुदायबाट पश्चिम नेपालमै नगर प्रमुख बिजयी हुने उनी नै पहिलो हुन् । लामो समय देखि थारु वाहुल्यता रहेको क्षेत्र बर्दियाको मगरागढीमा बनेका पत्रकार रोशन पुरी पनि थारु समुदायबाट नगर प्रमुखमा विजयी हुने पहिलो थारु दुर्गा बहादुर थारु नै भएकाे बताए ।

बारबर्दियाको मेयरमा माओवादीका दुर्गा बहादुर थारु (कविर) ले ११ हजार ४२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी एमालेका रामबहादुर चौधरीले ८ हजार ६ सय ४५ मत ल्याए । यस्तै उपमेयरमा माओवादीकी अञ्जु दहित ११ हजार ११ मत ल्याएर विजयी भए ।

नगर प्रमुखमा विजयी भएपछी विजय उत्सवमा रहेका थारुले भने, हो म पश्चिम नेपालकै पहिलो नगर प्रमुखका रुपमा विजयी भएँ, यसअघि नगरप्रमुख थारु समुदायबाट कोही भएको थाहा पाएको थिएन नगर प्रमुख पदमा विजयी हुनुभएका दुर्गा बहादुर थारुले भने ।
यस नगरपालिकाबाट मुख्य दलका तिनै जना थारु समुदायकै उम्मेदवार थिए । नेपाली कांग्रेसबाट पर्शुराम थारु, एमालेबाट रामबहादुर चौधरी र माओबादी केन्द्रबाट दुर्गा बहादुर थारु ।

कमेन्ट गर्नुहोस्