राप्रपाले खाता खोल्यो

काठमाडौं, असार १९ ।  सोमबार झापाको कचनाकवलमा जितेसँगै दोस्रो चरणमा राप्रपाले आफ्नो खाता खोलेको छ ।

पहिलो चरणमा पनि राप्रपाले एक स्थानीय तह जितेको थियो । संघीय समाजवादी फोरम र नयाँ शक्तिले ६ स्थानीय तह जितेको छ भने फोरम लोकतान्त्रिकले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानीय तह जितेको छ ।

दोस्रो चरणको चुनावमा पनि नेकपा एमालेले १०० बढी स्थानीय तह जितेको छ । २३१ स्थानीय तहको मत परीणाम बाहिर आउँदा एमालेले १०१ मा जित हात पारेको छ । एमालेले प्रदेश नम्बर १ मा ४७ स्थानीय तह जितेको छ । प्रदेश नम्बर ५ मा २५ र ७ मा २९ स्थानीय तह जितेको छ ।

पहिलो चरणमा एमालेले १२५ स्थानीय तह जितेको थियो । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । उसले अहिलेसम्म ८९ स्थानीय तहमा जित हात पारेको छ ।

 

कमेन्ट गर्नुहोस्