१८ जिल्लाको मतगणना सकियो, ९१ स्थानीय तहमा मतगणना जारी, ६ स्थानमा स्थगित

काठमाडौं, असार १९ । यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रदेश नं. १, ५ र ७ का ३५ जिल्ला मध्ये १८ जिल्लाको सबै स्थानीय तहको मतगणना सकिएको छ ।

दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ स्थानीय तह मध्य केहीसमय अघिसम्म २ सय ३७ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार हाल ९१ स्थानीय तहको मतगणना कार्य भइरहेको र ६ स्थानीय तहमा स्थगित भएको छ ।

स्थगित भएका स्थानमा मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्