२४६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति ?

काठमाडौं, असार १९ । स्थानीय तह दोस्रो चरण अन्तर्गत असार १४ गते भएको ३३४ स्थानीय तह मध्ये अहिलेसम्म्म २४६ तहको मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेले १०४ स्थानीय तहमा विजयी भएको छ । भने नेपाली कांग्रेस ९६ स्थानीय तहमा विजयी भएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ । भने संघीय समाजवादी फोरमले ६ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै, नेपाल लोकतान्त्रिक फोरमले ४, राष्ट्रिय जनमोर्चाले २ र राप्रपाले १ र स्वतन्त्रले १ स्थानीय तहमा जित हात पारेका छन् ।

कमेन्ट गर्नुहोस्