बेलौरी–६ मा माओवादी विजयी, मेयरमा पनि अग्रता

कञ्चपुर, असार १९ । कञ्चनपुरको वेलौली नगरपालिकामा– ६ नम्बर वडा मा माओवादी विजयी बनेको छ । माओवादी केन्द्रले ५ सय ८७ ल्याएर विजयी बनेको छ भने त्यसको प्रत्यासी नेकपा एमालेले ५ सय ०२ मत ल्याएको हो ।

त्यस्तै बेलौरी नगरपालिको मेयरमा पनि माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी १०५ मत ले अगाडी रहेका छन् । माओवादी केन्द्रले ३ हजार ६ सय ६१ मत प्राप्त गरेको छ भने नेकपा एमालेका उम्मेदवार पल्‍लबराज भट्टले ३ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् । त्यहाँ मतगणना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्