अधिकृत नै एमालेको एजेण्ट भएको भन्दै मतगणना केन्द्रमा नाराजुलुस

अर्जुन जम्नेली राई

मोरङ । निर्वाचन गराउन आएको अधिकृतले एमालेको एजेण्टको रुपमा काम गरेको भन्दै मोरङको पथरीशनिश्चरे नगरपालिकाको मतनगणा केन्द्रमा नाराजुलुस भएको छ ।

पथरीशनिश्चरे नगरपालिकामा निर्वाचन गराउन आएका अधिकृत चेतकुमार पोखरेललाई पटक पटक सचेत गराउदासम्म नसच्चिएर एमालेको एजेन्टको रुपमा काम गरेको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायत आठ वटा संगठनले मतगणना बहिस्कार गरेको छ । मतगणना केन्द्र पथरीबहुमुखी क्याम्पसको गेटमा नाराजुलुसपछि धर्नामा बसेका छन् ।

नगरपालिकाको ९ नम्बर मतगणना गर्दा धाँदली भएको भन्दै नेपाली कांग्रेस लगायतका दलहरुले हिजो साँझ मतगणना भएको मध्ये शंका भएको एक स्थानको मत पुन गणना गर्न माग गर्दै अधिकृत पोखरेललाई निवेदन दिएका थिए । हिजो भएको गणनामा प्रतिनिधिले रामरी हेरेपछि तीन पटकसम्म सच्याएको नेपाली कांग्रेसका नगरप्रतिनिधि टेकबहादुर थापाले बताए । गणना भइसकेपछि पनि सुर्यको १०३ हुनुपर्नेमा १४८ मत लेखेको पाइएको कांग्रेसकी उपमेयरका उमेद्वार प्रेमिला राईले बताइन् ।

विवाद रहेकै बेला वडा अध्यक्षमा कांग्रेसलाई आठ मतको अन्तरले एमाले विजय घोषणा गर्न लाग्दा आठ वटा संगठनले विवादित एक स्थानको मत पुन गणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृत चेतकुमार पोखरेललाई निवेदन दिएका थिए । अधिकृत पोखरेलले वेवस्ता गर्दै एमालेका वडा अध्यक्षका उमेद्वार भानुभक्त राईलाई निर्वाचित भएको घोषणा गरेपछि अन्य दल थप आक्रमक भएको थियो । कांग्रेसको उक्त वडामा वीरबहादुर राई वडा अध्यक्षको उमेद्वार हुन ।

निर्वाचन अधिकृतले एकलौटी रुपमा एमालेको काम गरेको आरोप लगाउदै अन्य दलका प्रतिनिधिहरुले मत पेटिका भएको ढोकामा ताला लगाएर मतदान केन्द्र बाहिरीएका थिए ।

आज (सोमबार) बिहानै आठ वटा संगठनको बैठक बसेर निर्वाचन अधिकृत चेतकुमार पोखरेल अफै लागेर गणनामा अनियमिता गरेको, पटक पटक सच्याउदा समेत कुनै प्रबाह नगरी एकलौटी रुपमा एमालेलाई जिताउन सक्रिय रहेको निष्कर्ष निकाल्दै विवादिन ९ नम्बर वडाको पुन मत गणना नभए आन्दोलन गर्ने निर्णय गरेको छ ।

आठ वटा संगठनले संयुक्त विज्ञप्ति प्रकाशन गरी ९ नम्बर वडाको मत पुन गणना हुनुपर्ने, धाँदली गर्ने निर्वाचन अधिकृत र उनलाई सहयोग गर्ने प्रहरी प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरु परिवर्तन गर्नुर्ने लगायतको मग राखेर गणना स्थल पथरी बहुमुखी क्याम्पसको गेटमा नारा जुलुस गरेका थिए । आक्रोसित कार्यकर्ताहरुले निर्वाचन अधिकृतविरुद्ध केही बेर नारा जुलुसपछि गेटमा धर्नामा बसेका छन् ।

निर्वाचन अधिकृत पोखरेलले भने आफ्नो निर्णयबाट पछि नहट्ने घमण्डी कुरा गरेको कांग्रेसको मेयरका उमेद्वार गणेश खण्काले बताए । सञ्चारकर्मीको सम्पर्कमा अधिकृत पोखरेलले दलहरुले दिएको संयुक्त निवेदन अस्वीकृत भएको निर्णयको पत्र दिवेदकको घरमा पोष्ट गरिएको बताए । दलका प्रतिनिधिहरु नआएपनि ताला फोरेर कर्मचारीहरुको रोहोवरमा मत गणना हुने अधिकृत चेतकुमार पोखरेलले बताए ।

कमेन्ट गर्नुहोस्