अध्यागमन विभागमा गलत भए कारवाही हुन्छ : गृहमन्त्री शर्मा

काठमाडौं, असार १९ । गृहमन्त्री जनार्दन शर्माले अध्यागमन विभागमा गलत काम भएमा दोषीलाई कारवाही हुने बताएका छन् ।

आज अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै मन्त्री शर्माले योजनाबद्ध तरिकाले गलत गर्नेलाई कुनै पनि शर्तमा क्षमा नदिइने बताए ।

अध्यागमतमा हुने गलत हुने गरेको सूचना आफूकहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम भएमा कारवाही गरिने बताए ।

आज विभागले सार्वजनिक गरेको मोवाईल एपमा अध्यागमनसँग सम्बन्धित सबै जानकारी राखिएको विभागले जनाएको छ ।

विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतीका लागी दरखास्त दिन सक्नेछन् ।

त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागी २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ भने विभागले अनलाईनकै माध्यबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था मिलाएको छ ।

कमेन्ट गर्नुहोस्