पखालाबाट एकको ज्यान गयो

गोरखा, असार १९ । दुई सातादेखि फैलिएको झाडापखालाबाट गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा एक बालकको ज्यान गएको छ ।

बारपाकको कोजे गाउँका १५ महिने बालक अमृत घलेको मृत्यु भएको हो । झाडापखालाको समस्या देखिएको सूचना प्राप्त हुनासाथ त्यसको नियन्त्रण गर्न र दूषित पानी प्रयोग नगर्न जनचेतना जगाउन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले जानकारी दिए ।

दिनहुँ चार पाँचजना पखालाका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य चौकी बारपाकका प्रमुख अनिलकुमार शाहले बताए ।

दूषित पानीको प्रयोगले गर्दा पखालाको समस्या देखिएको हो ।

कमेन्ट गर्नुहोस्