अब सिमकार्डमा निगरानी !

काठमाडौं, असार १९ । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सिमकार्ड प्रयोगलाई नियमन गर्ने प्रकृया शुरु गरेको छ ।

प्राधिकरणले नेपालमा मोबाइल सेवा प्रदान गरिरहेका दूरसंचार कम्पनीका सिमकार्डहरुको सूचनालाई डिजिटाइजेसन गर्ने उदेश्यले नयाँ निर्देशिका ल्याउने तयारी गरेको हो ।

यसको लागि प्राधिकरणका सह निर्देशक मिनप्रसाद अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यटोली गठन भएको छ ।

संयोजक तथा प्राधिकरणका प्रवक्ता अर्यालले मोबाइल सिमकार्ड प्रयोगलाई नियमन गर्न कानूनी आधार तयार पार्न अध्ययन गरिने जानकारी दिए ।

कार्यटोलीले सिमकार्डको डिजिटाइजेशन, अपरेटरको भूमिका र सिमकार्ड लिँदा लिईने फिंगरप्रिन्टलगायतको बारेमा अध्ययन गर्ने प्रवक्ता अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्