नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गर्यो जग्गा कब्जा

चितवन, असार १९ । नेपाल कम्युनिष्ट पार्टीले पूर्वी चितवनको खैरहनी १२ मा रहेको मार्कन्टायलको ८४ विगाहा जग्गा पार्टीको झण्डा गाडेर कब्जा गरेको दाबी गरेको छ ।

पार्टी जिल्ला ईन्चार्ज लालबहादुर बिसीले विज्ञप्ती जारी गर्दै २०५९ सालदेखि पार्टीको कब्जामा रहेको जग्गा अहिले भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाइएकाले पुनः आफ्नो पार्टीको कव्जामा लिएको जनाएको छ ।

जग्गामा सिसौका बिरुवा रहेकोमा ती बिरुवा पनि फडानी गरी पार्टीको अनुमति बेगर पोखरीसमेत निर्माण गरी उपभोगसमेत भएको पाइएकाले भूमाफियाको गलत कार्य रोक्न पार्टीले जग्गा कब्जा गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कुनै पनि व्यक्ति वा संघसंस्थाले जग्गा उपभोग गर्ने र चलखेल गर्ने प्रयास गरेमा कडा कार्वाही हुने चेतावनी दिइएको छ ।

कमेन्ट गर्नुहोस्