अछाममा सबै १० तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति ?

होम साउद

अछाम, असार १९ । यही असार १४ गते संचालन भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतपरिणाम अछामका सबै १० वटै स्थानिय तहको सार्वजनिक भएको छ ।

अछामका १० तहमध्ये ५ स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेद्धार बिजयी बनेका छन् भने एमालेले ३ तथा माओवादी केन्द्र २ स्थानिय तहमा बिजय हासिल गरेका छन ।

अछामका ३ वटा तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले समिकरण गरेर चुनाव लडेका थिए । समिकरण गरिएका ३ तहमध्ये २ वटामा गठबन्धनकै उम्मेद्धार बिजयी भएका छन् भने मंगलसेन नगरपालिकामा एमालेले बाजी मारेको छ ।

कमेन्ट गर्नुहोस्