देउवाले मुलुकलाई निकास दिनेगरी पहलकदमी लिन नसकेको नेता केसीको आरोप

काठमाडौं, असार १९ । प्रधानमन्त्री एबम पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई संस्थागत, विधिसम्मत र पारदर्शी ढंगले चलाउन र व्यवस्थापन गर्न नसकेकाले पार्टीले स्थानीय निर्वाचनमा दोस्रो स्थानमा सिमित हुनु परेको भनी आलोचना हुन थालेको छ ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै कांग्रेस नेता अजुननरसिंह केसीले पार्टी नेतृत्वको थुप्रै त्रुटी र कमजोरी रहेको भन्दै तत्काल सुधार नभए पार्टीले गम्भीर नोक्सान व्यहोर्नुपर्ने अवस्था आएको पनि बताए ।

नेता केसीले प्रधानमन्त्रीको रुपमा पनि देउवाले मुलुकलाई निकास दिनेगरी पहलकदमी लिन नसकेको पनि आरोप लगाए ।

कमेन्ट गर्नुहोस्