कहाँ गए १० महिनामा २१ सय ८७ बालबालिका ?

काडमाडौं, असार १९ । करिब एक वर्षको समयअवधिमा देशभर गरी दुई हजार १ सय ८७ जना बालबालिका हराएको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ ।

हराएका मध्ये चार सय ८० बालबालिका भेटिएका छन् भने बाँकी एक हजार सात सय सातजना बालबालिकाको अवस्था अज्ञात छ ।

बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख विश्व खड्काका दिएको जानकारी अनुसार बितेको १० महिनाको अवधिमा बालक आठ सय ३७ जना र बालिका एक हजार तीनसय ५० जना हराएका छन् ।

केन्द्रका अनुसार १० महिनाको अवधिमा सबैभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट पाँच सय ५९ जना हराएका छन् ।

कमेन्ट गर्नुहोस्