अछामको साँफेबगरमा एमाले बिजयी

अछाम, असार १९ । अछामको साँफेबगर नगरपालिकामा एमाले बिजयी भएको छ । सोमवार दिउँसो सार्वजनिक साँफेबगर नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार एमालेका उम्मेद्धार कुल बहादुर कुवर मेयरमा ५ हजार ८ सय ३८ मत सहित बिजयी बनेका हुन ।

उपप्रमुखमा पनि एमालेकै बिरमला बुडथापा ५ हजार ९ सय ८४ मत ल्यायर बिजयी बनेकी छन । निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेयरका उम्मेद्धार ध्वज बहादुर कुवरले ५ हजार ४ सय १२ तथा उपमेयरका उम्मेद्धार रुपा आउजीले ५ हजार २ सय ६२ मत ल्याएकी छीन ।

एमालेका उम्मेद्धारले मेयरमा ४ सय २६ र उपमेयरमा ७ सय २२ मतले काँग्रेसका उम्मेद्धार भन्दा बढी ल्यायर बाजी मारहेका हुन ।

यस्तै माओवादी केन्द्रका् तर्फवाट उम्मेद्धार बनेका खगेन्द्र वडले ५ सय ६३ मत प्राप्त गरेका छन भने उपमेयरका उम्मेद्धार बैजन्ती कुवरले ५ सय ४९ मत प्राप्त गरेकी छन ।

कमेन्ट गर्नुहोस्