नियम मिच्दै चर्को हर्न बज्न थाले उपत्यकामा

काठमाडौं, असार १९ । काठमाडौं उपत्यकामा गएको बैशाख १ गतेदेखि लागु भएको हर्न निषेधित क्षेत्र घोषणा, घोषणामै सिमित हुने देखिएको छ ।

सवारी चालकले ट्राफिक प्रहरी नभएको स्थानमा फेरि पहिलेकै जसरी चर्को हर्न बजाउन शुरु गरेका छन् । नियम उल्लंघन गर्नेको संख्या बढ्न थालेपछि ट्राफिक प्रहरीले पुनः कडाई गर्न शुरु गरेको हो ।

जथाभावी हर्न बजाउनेमा मोटरसाइकल पहिलो नम्बरमा रहेको छ । जथाभावी हर्न बजाउनेहरुलाई कारवाही गर्न प्रहरीले आजबाट काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा सादा पोशाकका प्रहरीहरु खटाउन शुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्