मेलम्ची खानेपानी आयोजनाको ट्याङ्की निर्माणस्थलमा तालाबन्दी

काठमाडौं, असार १९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ का स्थानीयबासीले काममा लापरबाही गरेको भन्दै मेलम्ची खानेपानी आयोजनाको आरुबारीस्थित ट्याङ्की निर्माणस्थलमा आज तालाबन्दी गरेका छन् ।

खानेपानीको पाइप बिच्छ्याउन सडकमा खनिएको खाल्डोमा वर्षापछि पानी जिमेर सडकमा हिड्न र सवारी चलाउन गाह्रो भएको भन्दै स्थानीयबासीले प्रदर्शनसहित तालाबन्दी गरेका हुन् ।

आवत जावत गर्ने मुख्य सडकमात्र नभएर वैकल्पिक सडक पनि प्रभावित भएको भन्दै विकासको नाममा नागरिकालाई सास्तीे सहन गाह्रो भएको स्थानीयले बताएका छन्।

कमेन्ट गर्नुहोस्