जर्मनीमा सडक दुर्घटनामा परी १८ जनाको मृत्य

एजेन्सी, असार १९ । पर्यटक चढेको बस र ट्रक एकआपसमा ठोक्किदाँ जर्मनीमा १८ जनाको मृत्यु भएको छ ।

बस र ट्रक एकआपसमा ठोक्किदाँ बसमा आगो लागरे बसमा यात्रा गरिरहेका १८ जनाको मृत्यु भएको र ३० जना गम्भीर घाइते भएका जर्मन प्रहरीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

जर्मनीको साचसेन राज्यबाट मुएन्चवर्गको बभारिएनतर्फ आइरहेको बस दुर्घटनाभएको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्