माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी, ८ अग्रता

काठमाडौं, असार १९ । असार १४ गते सम्पन्न भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ ।

माओवादी केन्द्र प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १६ र प्रदेश ७ मा ८ स्थानीय तह जित्न सफल भएको हो ।

मतगणना हुन बाँकी रहेका मध्ये ८ स्थानीय तहमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।

कमेन्ट गर्नुहोस्