‘खाना खानुभयो? हाम्रा भान्साबारे बजारको भ्रम’

काठमाडौं, असार १९। चिकित्सक अरुणा उप्रतीद्वारा लेखिएको स्वास्थ्य र जीवनशैली सम्बन्धी ‘खाना खानुभयो? हाम्रा भान्साबारे बजारको भ्रम’ पुस्तक आइतबारदेखि बजारमा आएको छ ।

स्वास्थ्य सम्बन्धी आम सरोकारका विषयहरुलाई समेटिएको पुस्तक उप्रेती र लक्ष्मण अधिकारीले संयुक्त रुपमा लेखेका हुन् ।

हरेकदिन हामीले खाने खाना कति स्वास्थ्यवद्र्धक छ ? भान्साहरु कति उपयोगी छन् ? भान्सामा पौष्टिक तत्वको प्रयोग भएको छ ? भन्ने विषयमा पुस्तक विशेष चर्चा गरिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै लेखिका उप्रेतीले आफुले प्राप्त गरेको पोषण सम्वन्धि ज्ञानको विश्वविद्यालय नै आफ्नी हजुरआमा र आमाको भान्सा रहेको बताइन् । उनले भनिन् ‘मुलुकभर डुलेर जनस्वास्थ्यका क्षेत्रमा काम गर्दा खानपानका बारेमा लेख्न प्रोत्साहित भएँ ।

पुस्तकका अर्का लेखक अधिकारीले उप्रेतीसँग २० वर्षदेखि लेखन कार्यमा सहकार्य गर्दै आएको बताए ।

कार्यक्रममा बाल्दै मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्चरक्तचाप, मधुमेह लगायत समस्या न्यूनीकरण गर्न पुस्तक सहयोगी हुने बताए ।

क्यगचअभस् जततउस्ररधधध।जबmचयमयअतयच।अयmरलभधकरछढछबण्बद्दमठडााड

कमेन्ट गर्नुहोस्