एमालेको मत बढाएपछि दुई मतगणक मतगणनास्थलबाट निष्काशित

सुनसरी, असार २० । एमालेका उम्मेद्वारको मत बढाएको प्रमाणित भएपछि धरानमा दुई जना मत गणकलाई मतगणनास्थलबाट निष्कासन गरिएको छ ।

मतगणना स्थलबाटै एमालेको ५० मत बढाएको प्रमाणित भएपछि समूह ‘ग’का मानबहादुर कार्की र समूह ‘ङ’का धनबहादुर राईलाईलाई मतगणनास्थलबाट निष्कासन गरिएको हो ।

वडा नम्बर ११ को मतगणना चलिरहँदा उनीहरुले नियोजित रुपमा एमालेको मत बढाएको पाइएपछि निर्वाचन अधिकृत र दलका प्रतिनिधिको सहमतिपछि उनीहरुलाई निष्कासन गरिएको हो ।

कमेन्ट गर्नुहोस्