बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रको विजय

बर्दिया, असार १९ । बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्रले विजय हासिल  गरेको छ। माओवादी केन्द्रका उम्मेदवार शिव थारु ‘प्रतिक’ ले मेयरमा जित हासिल गरेका हुन्।

उनले ९ हजार ४ सय ९७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले ८ हजार ६ सय ६ मत प्राप्त गरेका कछन् । यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवारले नै विजय भएको छ ।

उपमेयरमा मनकला कुमारी चौधरी निर्वाचित भएकी छिन् । उनले ९ हजार २ सय २९ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा चौधरीले ८ हजार ५ सय ७० मत प्राप्त पाएकी छिन् ।

कमेन्ट गर्नुहोस्