नेपालगञ्ज उपमहागरपालिकाकाे मेयरमा राप्रपाका धवल समशेर 

उपमेयरमा कांग्रेसकी उमा थापमगर  विजयी

नेपालगञ्ज, असार २० ।  बाँकेको नेपालगञ्ज उपमहागरपालिकाकाे मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का धवल समशेर राणा विजयी भएका छन् ।

राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।  राणाले १२५१५ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८७३० मत ल्याएर पराजित भए ।

१०७३१ मत ल्याएर उपमेयरमा कांग्रेसकी उमा थापमगर विजयी भएकी छिन् ।

कमेन्ट गर्नुहोस्