कैलालीमा माओवादीले खाता खोल्यो, कैलारीकाे अध्यक्षमा पूर्व लडाकु लाजुराम चौधरी

कैलाली, असार २० । कैलालीको कैलारी गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले जित हासिल गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै लक्ष्मी छत्गौवा विजयी भएकी छन् । उनले ६०६४ मत पाइन् ।

निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता चौधरीले ५४०७ मत पाइन् । ६२०४ मत ल्याएर जित हासिल गरेका चौधरी पूर्व माओवादी लडाकु हुन् ।

उनले नेपाली कांग्रेसका रामसमत चौधरीलाई हराए । रामसमतले ५८८७ मत पाए । उनी शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

कमेन्ट गर्नुहोस्