हिन्द महासागरमा चीनले थाल्यो सैन्य तयारी, ४ सब मेरिन तयारी अवस्थामा

काठमाडौं, भारत र चीनबीचको विवाद झन पछि झन बढ्दै गइरहेको छ । दुबै देशले सीमा क्षेत्रमा हजारौं सैनिक तैनाथ गरेसँगै चीनले हिन्द महासागरमा सब मेरिन अर्थात् पनडुब्बी राखेपछि भारत झनै आशंकित बनेको छ ।

भारतीय मिडियाहरुका अनुसार, यो परम्परागत डिजल÷बिजुलीबाट चल्ने सबमेरिन हो । चीनले यसअघि पनि ७ पटक यो क्षेत्रमा सबमेरिन राख्दै आएको छ ।

हालैमात्रै भारतले एउटा सबमेरिन हिन्द महासागर क्षेत्रबाट कब्जामा लिएको थियो ।

चीनले बारम्बार भारतलाई चेतावनी दिँदै आफ्नो सीमाभित्रका सेना फिर्ता लैजान भन्दै आएको छ । चिनियाँ मिडियाहरुले यो तनावलाई युद्दको सीमासम्म जान सक्ने आँकलन समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्