‘आकाश खसोस्, पाताल भासियोस, बाबुरामले बिश्राम लिन्न’

काठमाडौं, असार २० । नयाँ शक्ति नेपालका संयोजक बाबुरम भट्टराईले ५ वर्षसम्म नयाँ शक्तिको नेतृत्व नछोड्ने बताएका छन् ।

बाबुरामले नयाँ शक्तिको संयोजक पद छोड्ने चर्चाप्रतिक कडा प्रतिक्रिया दिँदै बाबुरामले पाँच वर्षसम्म नयाँ शक्तिलाई हुर्काएर हस्तान्तरण गर्ने बताएका छन् ।

नयाँ शक्तिका विरुद्ध कुप्रचार भएकोमा बाबुरामले कडा आक्रोश व्यक्त गर्दै भनेका छन् ः

लोकोक्ति भन्छ- झिंगाको श्रापले डिंगा मर्दैन ! झुटको खेति गरेर जनतालाई ठग्दै आएका पत्रु शक्तिहरूले भर्खरै हुर्कंदै गरेको नयाँ शक्तिका विरूद्ध निरन्तर ग्वेबल्सको दुष्प्रचारको हतियार प्रयोग गर्दै आएका छन्१हिजोआज अर्को झटारो हानेकाछन्- बाबुरामले नयाँशक्तिरनेतृत्व छोड्ने रे१ बाराभको ६३ बर्षे उथलपुथलपूर्ण जीवनको इतिहासले भन्छ, उसले एकपटक अठोट गरेको कुरा पूरा नगरी बीचमा छोडेर कहिल्यै भाग्दैन !

जीवनको पहिलो चरणमा उसले अठोट गर्यो ( देशमा संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र नल्याएसम्म देशको विकास र समृद्धिको ढोका खुल्दैन१ ४० बर्षको अथक परिश्रम पछि त्यो मिशन पूरा गर्यो र  भयो !

जीवनको दोश्रो र अन्तिम चरणमा उसको अठोट छ-  वागमती ( वा दरौंदी ?) को किनारमा विसर्जित हुनु भन्दा पहिले उसले नेपाललाई तेश्रो विश्वको स्तरबाट पहिलो विश्वको स्तरमा पुर्याउन योगदान गर्नेछ ! त्यसैकोनिम्ति यो नयाँ शक्तिको स्थापना हो ! यसलाई कमसेकम ५ बर्षसम्म हुर्काएर सक्षम नयाँ पुस्तालाई हस्तान्तरण नगरी उसले विश्राम लिदैलिदैन ! चाहे आकाश खसोस्, पाताल भासियोस् !

सबै शुभचिन्तक साथीहरू, ढुक्क हुनुहोस्, कुनै कसैको दुष्परचारबाट तरंगित नहुनुहोस् ! सम्झनोस्-  कुकुर भुक्दै गर्छ, हात्ती लस्कदै गर्छ !!

कमेन्ट गर्नुहोस्