कैलालीको भजनी नगरपालिकामा माओवादी विजयी

कैलाली, असार २० । कैलालीको भजनी नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ ।

माओवादी केन्द्रका शेरबहादुर चौधरीले ५ हजार २२८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका केवल चौधरीले ५ हजार २५ मत प्राप्त गरे ।

यस्तै मेयरमा माओवादी केन्द्रकी छायाँदेवी देवकोटाले ५ हजार ८ मत ल्याएर विजयी भइन । उनकी निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी धनवासी डगौरा ९चौधरी० ले ४ हजार ३७८ मत प्राप्त गरिन् । फोटो अनलाइन खबरबाट

कमेन्ट गर्नुहोस्