बराबर मत आएपछि पुन : मतदानको माग

असार २०- अध्यक्षमा बराबर मत आएपछि दुबै उम्मेदवारले फेरी मतदानको व्यवस्था गर्न माग गरेका छन ।

झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस–एमालेको बराबर मत आएको हो । कांग्रेसका हुकुमरसिंह राई र एमालेका मेनुका काफ्लेको बराबर ८ हजार २ सय ७५मत पाएका छन् ।

उपाध्यक्षमा भने एमालेका बेणु सिवाकोटी निर्वाचित भएका छन् । उनले ९ हजार ४ सय १६ मत पाए भने कांग्रेसका दीपा गौतमले ४ हजार ९ सय ९२ मत पाएकी छन् ।

कमेन्ट गर्नुहोस्