घट्यो हवाई भाडा, कहाँ जान कति लाग्छ ?

काठमाडौं, असार २० । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । आन्तिरकतर्फको हवाई इन्धनको मूल्य लिटरको ४ रूपैयाँ घटेसँगै देशका विभिन्न भागमा जाने हवाई भाडामा कमी आएको छ।

नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने भएको सिम्रिक एयरका मार्केटिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिए ।
हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँ सम्म घटेको छ । विराटनगर जाने यात्रुले यसअघि ७ हजार २ सय तिर्नुपर्दथ्यो । तर अब भने ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ ।

भद्रपुरमा ८ हजार ७ सय रुपैयाँ तिर्दै आएका यात्रुले अब ८ हजार ५ सय ७६ रुपैयाँ तिरे पुग्ने भएको छ ।

त्यसैगरी माउन्टेन फ्लाइटमा यसअघि ११हजार तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरे हुने भएको छ ।

कमेन्ट गर्नुहोस्