एमालेको नयाँ अड्को, फेरि अर्को संशोधन प्रस्ताव ल्याए मात्रै पास गर्ने

काठमाडौं । सरकारले तेश्रो पटक संविधान संशोधन प्रस्ताव दर्ता समेत असन्तुष्ट नेकपा एमालेले नयाँ संशोधन प्रस्ताव ल्याए पारित गर्न सहयोग गर्ने जनाएको छ ।

व्यवस्थापिका संसदमा दर्ता संशोधन आफूसँग सल्लाह नगरि ल्याएको भन्दै एमालेले त्यसमाथि समेत संशोधन गरेर नयाँ प्रस्ताव ल्याउन माग गरेको हो ।
मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, “अहिलेको संशोधन प्रस्ताव हामीसँग सल्लाह नगरी ल्याइएको हो । यो पास गर्न कुनै हालतमा सहयोग गर्दैनौं, साँच्चिकै संविधान संशोधन गर्नुपर्ने हो भने राजपासहित सबै मुलधारका दलहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्छ ।’

एमाले सचिव ज्ञवालीले प्रदेश र संसदको चुनाव समयमै गर्न तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरे ।

कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसका नेता दिपक खड्काले असार २५ गतेभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । साथै तेस्रो चरणको चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने सरकारले तयारी गरेको समेत जानकारी दिए ।

उनले केहीदिनभित्रै राजपा नेपालले अघि सारेका राजनीतिक मागहरु पूरा हुने दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता केशब झाले आफूहरुको माग पूरा नभए कुनै पनि निर्वाचनमा भाग नलिने बताए । आफूहरु निर्वाचन विरोधी नभएपनि माग पुरा नगरेर चुनावमा जानबाट रोकेको उनको दाबी छ ।

कमेन्ट गर्नुहोस्