शबनम बनिन मुस्लिम समुदायबाट पहिलो महिला उपमेयर

कपिलबस्तु, असार २० । कपिलबवस्तुको कृष्णनगर नगरपालिका को उप मेयरमा शबनम खातुन बिजयी भएकी छन् ।
ऊनी इस्लाम धर्म मान्ने समुदाय बाट उपमेयरमा निर्वाचित हुने पहिलो महिला हुन ।

खातुनले ३२६९ मत प्राप्त गरी विजयी भएकी हुन । त्यसैगरी उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी आरतिदेवी चौधरीले २९९९ मत पाइन ।

मेयर स्वतन्त्र उम्मेदवार रजत प्रताप शाह ७१६८ मत प्रात्त गरि अगाडि छन् भने उनलाई नेकपा माओवादी केन्द्रका शिव कलवारले ३०८० ल्याई पछ्याइरहेका छन् ।

कमेन्ट गर्नुहोस्