सेटिङ मार्फत पुगेका कामदार अलपत्र, दलालले छोडेंन विदेशमा पनि

युएइ, असार २० । राम्रो काम र भने अनुसार तलब सुबिधा हुने ग्यारेन्टी लियर सेटिङ मार्फत भिजिट भिसामा संयुक्त अरब इमिरेटस् (युएइ) पठाएका २० जना नेपाली अहिले अलपत्र परेका ।

काठमाडौको ठमेलस्थित ‘अर्थ लाइन ट्राभल्स एन्ड टुर्स प्राली’मार्फत जनही २ लाख ५० हजारदेखि ३ लाख ८० हजार रुपैयाँसम्म बुझाएर युएइ आएका नेपाली ठगिएका मात्रै छैनन् दलालको शारिरिक र मानसिक यातना सहन पनि बाध्य भएका छन् ।

गोप्य सुचनाको आधारमा खोजी गर्दा युएइको राजधानी अबुधाबिस्थित मुसफा ३२ भन्ने ठाउँमा अलपत्र पारेका नेपालीलाई ट्राभल्स्कै युएइ एजेन्टले दैनिक जसो कुटपिट गरी मानसिक यातना दिई ज्यान मार्न धम्कीसमेत दिने गरेको पीडितले बताएका छन् ।

ट्राभल्सका म्यानेजिङ डाइरेक्टर पबित्रा अधिकारले युएइमा आफ्नो एजेन्ट बनेर काम गर्न चितवन माडीका स्थायीबासी प्रेम पाण्डे तर साजन पाण्डे भनेर
चिनिने व्यक्ति लाई जिम्मेवारी दिएको पनि उच्चस्रोतले एभेरष्ट दैनिकलाई बताएको छ ।

रातभरि रक्सी खाएर पीडितलाई गालिगलोज गर्दै कुट्पिट गर्ने र मारेर गाड्दिने भन्दै डर त्रास देखाएर बन्दी बनाइ राखेको भिडियो र एजेन्ट ले कुटपिट गर्दाको भ्वाइस रेकर्ड पीडितहरुसँग प्रमाणको रूपमा सुरक्षीत रहेको छ ।

यस्तै पीडितले आफुमाथी भएको अन्याय र ज्याजतिका बारेमा अबुधाबीमा रहेको नेपाली दूतावासलाई जानकारी गराएपछि दूतावासले एजेन्टको खोजी गर्न स्थानीय प्रहरीमा उजुरी गरेपछि हाल एजेन्ट फरार रहेका छन ।

एजेन्टले आफुहरुलार्इ बारम्बार मार्ने धम्की दिएको तथा दूतावासका केहि कर्मचारीसंग एजेन्टको सम्बन्ध राम्रो रहेको रनियमित जसो फोन सम्पर्क हुने गरेकोले दूताबासका केही कर्मचारीको पनि त्यसमा संलग्नता रहेको हुनसक्ने पीडितले बताएका छन ।
दूतावासमा २० हजार दिराम पैसा दियर केस मिलाउन लगाउने र आफुहरुलाइ जेलमा हाल्ने धम्कि पनि एजेन्टले बारम्बार दिने गरेको उनीहरुले बताएका छन् ।

नेपालमै लाखै रुपैयाँ बुझायर आयका पीडितहरुसँग युएइ आएपछि पनि एकहजारदेखि १५ सय दिरामसम्म एजेन्टले लियको पीडितले बताएका छन । बारम्बार भन्दा समेत भिजा नलगायपछि हाल १० जना अवैधानिक रुपमा युएइमा रहेकाले यहाँको नियम अनुसार १ लाख ५० हजारसम्म जरिवाना तिनुपर्ने अवस्था सृजना भएको पीडितले बताएका छन ।

हाल सम्पर्कमा आयका पीडितहरुको नामवली यसप्रकार छः
१. कुल बहादुर केसि
२. लोक बहादुर डागी
३. बिनोद नेपाली
४.प्रेम प्रकाश केसी
५.सुरेन्द्र प्रकाश चन्द
६.कनार गुरुङ
७.तेज गुरुङ
८.मुकेस घले
९.पुर्ण बहादुर पुन
१०.नेत्र रावत
११.चन्द्र बहादुर डागी
१२.रोसन प्रसाद श्रेष्ठ
१३.राज कुमार श्रेष्ठ
१४.पदम लाल ओलि
१५.अर्जुन नेगी
१६.झोबिन्द्रप्रसाद घिमिरे
१७.सुरेस चौधरी रहेका छन

जसमध्ये अन्य केहि भागेका र केहिलाई एजेन्टले काम लगाउने भन्दै फकायर राखेको पाइएको छ ।

यस्तै मंगलबार आफ्नो गुनासो लिएर नेपाली दूतावास अबुधाबि पुगेका २० जना पीडितले दूतावासले एजेन्टलार्इ बोलाइ लिखित कागज गरार्इ नेपालमा बुझाएको तथा युएइमा तिरेको सम्पुर्ण लागत रकम फिर्ता गरार्इ आफूहरुले तिर्नुपर्ने अबैधानिक जरिवानासमेत एजेन्टले नै तिर्नुपर्ने माग पेस गरेको जानकारी दूतावासबाटै फोन सम्पर्कमा पीडितले बताए ।

तर यता नेपालमा रहेको ट्राभल्सले भने समाचार बाहिर आयमा र आफ्नो नाम जोडिएमा एक रुपैयाँ पनि नदिने भन्दै पीडितलाई फोन गरि धम्की दिएको पीडितले बताएका छन् ।

कमेन्ट गर्नुहोस्