कामदार ठग्ने म्यानपावरलार्इ कहिले कारबाही हुन्छ ?

काठमाडौंं, असार २० । रोजगारीका शिलशिलामा विदेशमा निधन भएका कामदारहरूको शव तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न सरकार समक्ष आग्रह सांसदले माग गरेका छन ।

संसदमा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस्तो माग गरेका हुन ।

उनले भने, ‘विदेशमा निधन भएका कामदारको शव सरकारले एक साताभित्र स्वदेश झिकाउनु पर्ने भए पनि वर्षौँसम्म अलपत्र पर्नु दुर्भाग्य हो । उनीहरुको शव तत्काल स्वदेश ल्याउन पहल गर्नुपर्छ ।’

स्वदेशमै सरकारले युवालाई रोजगारी दिन नसके पनि विदेशमा गएका कामदारको स्वास्थ्य बिमालाई व्यवस्थीत गर्न उनले सरकारसंग आग्रह गरे ।

वैदेहिक रोजगारीमा जाने कामदारहरू म्यानपावर व्यवसायीबाट बारम्बार ठगिने गरेको गुनासो आउपनि कामदारलाई ठग्ने म्यानपावर व्यवसायीहरुलाई कारबाही गर्न पनि उन माग गरे ।

कमेन्ट गर्नुहोस्