३ मत ल्याएपछि मेयरका उम्मेदवारले गरे आफ्नै श्राद्ध

मकवानपुर, असार २० । स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित भएपछि एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् ।

गएको वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएर तीन मत मात्रै
प्राप्त गरी पराजित भएका ४७ वर्षीय राकेशकुमार शर्माले आफ्नै श्राद्ध गरेका छन् ।

यसअघि नेपालका नाम चलेका नेता र ६०१ सभासदको श्राद्ध गरिसकेका शर्माले अहिले अहिले आफ्नै गरेका हुन । उनको श्राद्ध पण्डित डिकनाथ पौडेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्