बलिउडका कुन कलकारले कति पाश्रिमिक लिन्छ ?

एजेन्सी, असार २० । धेरैको चासोे हुन्छ आफ्नो मनपर्ने कालकारका बारेमा धेरै जानकारी लिने । त्यसैलाई ख्याल गर्दै हामीले आज यहाँ भारती सिनेनगरीका नाम चलेका अभिनेता(नायक)ले एउटा सिनेमामा अभिनय गरेबापत कति पारिश्रमिक लिन्छन भनेबारेमा केही कलाकारका बारेमा जानकारी दिदैं छौंः

अमिताभ बच्चन
उमेरले ७५ को नजिक भएपनि अमिताभ बच्चनले कयौँ युवा अभिनेता भन्दा बढी आफ्नो पारिश्रमिक लिन्छन् । भूमिका अनुसार उनले आफ्नो पारिश्रमिक निर्धारण गर्ने गरेका छन् । उनी प्रति फिल्म १२ देखि १५ करोड लिन्छन् ।

आमिर खान
यिनले चाहे भने ५० देखि ६० करोडसम्म पारिश्रमिक लिन सक्छन् । तर यिनी चलचित्रको नाफामा भागीदार बन्छन् र बढी नै कमाउँछन् । यिनी चलचित्रको नाफाबाट ८० प्रतिशतसम्म भाग लिन्छन् । ‘दंगल’ जस्तो चलचित्र गरेपछि उनले १५० करोड बढी कमाइ गरेका थिए । उनको चलचित्र हिट हुन्छ भन्ने आमिरलाई थाहा हुन्छ । त्यसैले यिनी पारिश्रमिकको साटो पार्टनरशीप लिन्छन् ।

शाहरुख खान
शाहरुख खानको पारिश्रमिक तलमाथि भइरहन्छ । करण जोहर र आदित्य चोपडाको चलचित्रमा काम गर्दा उनी पारिश्रमिक सोद्धैनन् । जति पाउँछन् उती राख्छन् । यद्यपि उनको पारिश्रमिक ४० देखि ४५ करोडसम्म छ । उनी पनि आमिरको अनुसरण गर्दै मुनाफामा आफ्नो भाग खोज्छन् । चलचित्रको मार्केटिङका माध्यमद्वारा पनि उनी करोडौँ कमाउँछन् । कयौँ चलचित्रमा उनले सय करोडभन्दा माथि पनि कमाइ गरेका छन् ।

सलमान खान
सलमान खान चलचित्रको कमाइमा हिस्सा लिन्छन् । उनको चलचित्रको कमाइमा ७० देखि ८५ प्रतिशतसम्म भागीदारी हुन्छ । ‘सुल्तान’ बाट उनले १०० करोडभन्दा बढी कमाइ गरे । यद्यपि पारिश्रमिककै कुरो गर्दा उनी ६० करोडसम्म उपलब्ध छन् ।

ऋतिक रोशन
थोरै मात्र चलचित्र गर्ने ऋतिक रोशनको पारिश्रमिक ३० देखि ४० करोडका बीचमा छ । कयौँ पटक यिनले योभन्दा पनि बढी पारिश्रमिक लिएका छन् ।
अजय देवगन
अजय देवगन चलचित्रको बजेटका अनुसार आफ्नो पारिश्रमिक तोक्छन् । उनी आफ्नो पारिश्रमिक ३० देखि ४० करोडका बीचमा राख्छन् ।
अक्षय कुमार
पारिश्रमिक लिने विषयमा अक्षय कुमार सबैभन्दा अघि छन् । ४० देखि ५० करोडसम्म यिनको पारिश्रमिक छ । कहिले काहीँ नाफामा आफ्नो हिस्सा समेत लिन्छन् । जस्तै ‘जोली एलएलबी२’ मा यिनले पारिश्रमिकबाहेक नाफामा हिस्सा लिएर ५५ करोडभन्दा बढी कमाए । ‘एयरलिफ्ट’ मा काम गर्दा उनले निकै कम पारिश्रमिक लिएका थिए ।

रणवीर सिंह
‘बाजीराव मस्तानी’ अघि रणवीर सिंह तीनदेखि पाँच करोड प्रति चलचित्र उपलब्ध थिए । तर, चलचित्रको सफलतापछि रणवीर सिंहले आफ्नो पारिश्रमिक तीन गुणा बढाएका छन् । अब उनले प्रति चलचित्र १० करोड ९भारतीय रुपैयाँ० पारिश्रमिक लिन्छन् ।

वरुण धवन
वरुण धवनको अहिलेसम्म आठ वटा चलचित्र प्रदर्शनमा आयो । उनलाई कुनै पनि चलचित्रबाट घाटा भएको छैन । उनको चलचित्रको पारिश्रमिक पाँचदेखि सात करोड थियो । तर, ‘बद्रीनाथ की दुल्हनिया’ पछि उनको पारिश्रमिक १० देखि १२ करोड पुगेको छ ।

कमेन्ट गर्नुहोस्