ऐन कानुन दिएर, प्रदेश र संसदको चुनाव घोषणा गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, असार २० । निर्वाचन आयोगले प्रदेश, संसद र राष्ट्रिय सभाको चुनावको लागि आवश्यक पर्ने ऐन कानुन दिन र चुनाबको मिति तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले संविधानले तोकेको समयसीमा भित्र प्रदेश, संघीय संसद र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक ऐन कानुन उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।

अयोगले प्रदेशको चुनाव असोज अन्तिम सातासम्म, राष्ट्रियसभा चुनाव कात्तिक दोस्रो सातासम्म र संघीय संसदको चुनाव मंसिर पहिलो सातासम्म गर्न उपयुक्त हुने राय सरकारलाई दिइएको छ ।

समयमै मतदाता नामावली सम्बन्धी ऐन संशोधन नभए २०७३ फागुन ९ गतेसम्म दर्ता भएका मतदातालाई मात्र चुनाबमा सहभागी गराउन  सकिने  आयोगले उल्लेख गरेको  छ ।

कमेन्ट गर्नुहोस्