बर्दियाका ३३ वडा अध्यक्षमा माओवादी विजयी

बर्दिया, असार २१ ।  बदिर्यको ७५ वडामध्ये ३३ वडाको अध्यक्षमा माओवादी विजयी भएको छ । यस्तै, एमाले २२ वडामा, कांग्रेसले १९ वडामा र राप्रपाले एक वडाको अध्यक्षमा जित हासिल गरेको छ । जितेको अधिकांश वडामा माओवादीको प्यानल नै आएको छ ।

स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भने माओवादी र एमालेले बराबर स्थानमा विजय हासिल गरेका छन् । माओवादीले तीन नगरपालिकामा विजय हासिल गरेको छ भने एमाले दुई नगरपालिका र एक गाउँपालिकामा विजयी भएको छ ।

कांग्रेस भने गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा विजयी भएको छ ।, नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्