घोडाघोडी र लम्किचुहामा एमाले विजयी

धनगढी, असार २१ ।  कैलालीको घोडाघोडी र लम्किचुहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका तपेन्द्र रावलले ८ हजार १६४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए ।बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ ।

उपमेयरमा एमालेकी लक्ष्मी चौधरी ७ हजार २३४ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ममता चलाउनेले ७ हजार ६४ मत पाइन् ।

कैलालीकै लम्किचुहा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी भएको छ ।

कमेन्ट गर्नुहोस्