पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष वडा अध्यक्षमा पराजित

मोरङ, असार २१  । पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्ट पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ मा  पराजित भएका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका विष्टले ६ सय ७४ मत ल्याए ।

उनलार्इ पराजित गर्दै पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका जोगबहादुर धिमाल विजयी भएका छ । उनले १ हजार १ सय २ मत ल्याए ।   वडाको सबै प्यानलमा नेपाली कांग्रेस नै विजयी भएको हो ।

कमेन्ट गर्नुहोस्