कृष्णपुर- ५ मा माओवादी र बेलौरी- ९ मा एमाले विजयी

कञ्चनपुर, असार २१  ।  कञ्चनपुरको कृष्णपुर ५ मा नेकपा माओवादी केन्द्र र बेलौरी नगरपालिका ९ मा नेकपा एमाले विजयी भएका छन् ।

आज बिहान सम्पन्न मत गणना अनुसार कृष्णपुर – ५ मा माओवादी केन्द्रका आशाराम चौधरी र बेलौरी ९ मा एमाले वडाध्यक्ष समशेर सिंह पेलाको प्यानल नै विजयी हो।

-चौधरीले ६६१ र देउवाले ६३२ मत ल्याएका छन् । -त्यस्तै बेलौरी ९ मा विजयी उम्मेदवार पेलाले ७०३ र उनका प्रतिस्पर्धि भट्टले ५०७ मत ल्याए ।

कमेन्ट गर्नुहोस्