दिपकले छोराको बिहेको सार्वजनिक गरेनन्

विवाहमा हाँस्यकलाकारदेखि चलचित्रकर्मीसम्म पुगे

हाँस्यकलाकार दिपकराज गिरी आफ्नो घरमा लक्ष्मी भित्र्याएका छन् ।

यही असार १७ गते निर्देशक तथा हाँस्यकलाकार दिपकराज गिरीका जेठो छोरा दिपेश गिरी र कीर्तिपुरकी मीरा ज्ञवालीसँग विवाह सम्पन्न भएको छ । दुवैबीच प्रेम विवाह भएको पारिवारिक स्रोतले जनाएको छ ।

विवाहमा चलचित्र क्षेत्रका सीमित कलाकर्मीको मात्र उपस्थिति रहेको थियो । जसमा ‘छक्कापञ्जा’ फिल्मी निर्देशक दीपाश्री निरौलादेखि हास्य कलाकारहरु, नाइ नभन्नु ल का निर्देशक, नायक दीलिप रायमाझीलगायत सहभागी रहेका थिए ।

ससुरा बनेका दीपकले हालसम्म छोराको बिहे सार्वजनिक गरेका छैनन्। बिहेमा सहभागी अन्यले फोटो सार्वजनिक गरेपछि बिहेको कुरा बाहिर आएको हो ।

कमेन्ट गर्नुहोस्