लामो समयको प्रेम सम्बन्धपछि निशा र शरद वैवाहिक सम्बन्धमा बाँधिए

पुर्वप्रेमी दाबाले भने– ‘अब मेरो गाडी फिर्ता देऊ’

एजेन्सी । केही समयअघि मात्र कलाकार निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम सम्बन्धपछि वैवाहिक जीवन बाँधिएका छन् ।

तर, विवाह सम्पन्न भएपछि कलाकार निशा अधिकारीको भूतपुर्व प्रेमीले गाडी फिर्ता दिए हुन्थ्याे भन्दै अाफ्नाे सर्कलका साथीभाइसँग राेइलो गर्दै गरेका थिए ।

मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट दिएका थिए ।

तर, निशाको मन अन्तै मोडिदा अपार्टमेन्ट छाडिन्, गाडी भने साथमै छ । २०७० सालमा दोस्रो संविधानसभा सदस्य मनोनीत भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे ।

त्यसपछि गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छारो निरकसँग नजिकिइन । तर, निरकसँग पनि लामो मित्रता रहेन । जतिबेला सहाना बज्राचार्य र दावा स्टेभेन शेर्पा लिभिङ टुगेदरमा थिए, उनीहरुको सम्बन्ध टुट्नुअघि निशा मिल्ने साथी भइन् ।

स्रोतका अनुसार अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । उनी हुन् नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा ।

आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्को बेल्जियमकी । बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । उनै निशाले गो गाडी फिर्ता नगरेपछि दावाले साथी सर्कलमा गुनासो गर्दै हिँडेको ।

जनआस्था साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्