सप्तरी डुवानले जनजीवन कष्टकर

सप्तरी, असार २१ । हिजो विहानदेखि निरन्तर आएको वर्षाका कारण सप्तरीमा जनजीवन कष्टकर बनेको छ । शनिवार आएको बाढीका कारण डुबानमा परेका त्यहाँका विभिन्न बस्तीमा सर्वसाधारणले सास्ती व्यहारेको थिए भने उक्त पानी सुक्न नपाउँदै मंगलबार निरन्तरण वर्षा भइरहेको हो ।

बाढीका कारण विभिन्न स्थानमा भत्केको बाँधको मर्मत र पुनर्निमाणका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

महुली नदीको बाँध भत्किएर समस्यामा परेको मयनाकरेडी र लोहजाराको भेडिया बस्तीलाई जोगाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । यसैबीच, प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था तथा व्यक्तिले वितरण गर्ने राहतलाई व्यवस्थित गर्न एकद्धार प्रणाली लागु गरिने भएको छ । ्

जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको बैठकले राहत वितरण गर्न आउने व्यक्ति र संघसंस्थालाई समितिसँग समन्वय गरेर मात्र राहत वितरण गर्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्