३०६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति ?

काठमाडौं, असार २१ । स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ स्थानीय तहमध्ये ३ सय ६ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अब २८ स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

दोस्रो चरणको एकमात्र महानगर विराटनगरसहित, केही उपमहानगर पालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रहस्थानमा राखेको छ ।

एमाले १ सय ३३ स्थानमा जितेर पहिलो स्थानमा छ । भने, दोस्रोमा रहेको नेपाली कांग्रेसले १ सय १७ स्थानमा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।

त्यसैगरी, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिकले ६/६ स्थानमा जित हात पारेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा विजयी भएको छ । भने राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्रले २ स्थानमा जित हासिल गरेका छन् ।

जारी मतगणना अनुसार विराटनगर महानगरमा कांग्रेसले अग्रता कायमै राखेको छ । उपमहानगरमध्ये तुल्सीपुर, इटहरी, धरान र बुटवलमामा एमालेले अग्रता कायमै राखेको छ

कमेन्ट गर्नुहोस्