खाना पकाउने पड्कियाे, ४ गम्भीर घाइते

जाजरकोट, असार २१ । जाजरकोटको भेरी नगरपालिका ३ तल्लो थाप्लेको एक घरमा खाना पकाउने (एलपिजी) ग्यास लिग भएर आगो लागेको छ । उक्त आगोलागीमा पर्दा चार जना गम्भिर घाइते भएका छन् । घाइतेमध्ये एक जना नाबालक रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा त्रिवेणी नलगाड नगरपालिका ४ की २१ वर्षीयाकी बन्दना पन्त, ४८ वर्षीया हिरालाल पन्त, ३ वर्षीया नाबालक रोशन सिंह र भेरी नगरपालिका ३ का ४० वर्षीया बाग्यश्वरी डाँगी रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल जाजरकोटका निमित्त कार्यालय प्रमुख डाक्टर चाँदनी जयसवालले बताए ।

कमेन्ट गर्नुहोस्